चितवन, सञ्जय चौधरी, बैशाख ५ । थारु समुदायमा घुङ्गी विषेश परिकार हो। दिनभर हिलो र झाडीमा गडिएर घुङ्गी खोज्नु उनीहरुको पेशा त होइन तर यो चलन उनीहरुको बाजे बराजुको पालादेखि चलिआएको हो। थारुहरु माछा र घोङी खोज्न बच्चैबाट सिपालु हुन्छन्। यो सिप बाजेले नातिलाई आमाबुवाले छोराछोरीलाई सिकाउँछन्। थारुहरु किनेर भन्दा आफै खोलामा गएर खोजेको घुङ्गी र माछा खान बढी मन पराउँछन्। घरका प्राय सबै उमेरका सदस्य खोलामा गएर माछा र घुङ्गी खोजेर ल्याउने गर्छन्।
थारू समुदायको मौलिक खाना मानिने घुङ्गी अब थारू समुदायमा मात्र सीमित रहेन, अहिले अन्य समुदायमा पनि घुङ्गी लोकप्रिय हुन थालेको छ। आजभोलि सानादेखि ठूला होटलहरुमा घुङ्गीको स्वाद लिनेहरु बढ्दै गएका छन्। घुङ्गीको लोकप्रियता बढेसँगै पछिल्लो समय यसको माग पनि बढ्दो छ।
खोला, पोखरी आदीबाट घुङ्गी खोजेर ल्याइसकेपछि सबैभन्दा पहिले करिब २४ घण्टा जति सफा पानीमा भिजाएर राख्नुपर्छ। घुङ्गी भिजाउने भाँडोमा मैदा वा मकैको पीठो पनि राखिदिए घुङ्गीले उक्त पीठो खाएर यसअघि नै खाएको माटो शरीरबाट बाहिर निकाल्न थाल्छ। शरीरको माटो सफा भएर निस्केपछि घुङ्गीको पछाडिको चुच्चो थोरै काट्नु पर्छ।
त्यसपछि सफा गरेर पकाउनुपर्छ। आवश्यक मात्रामा मसला, अदुवा, लसुन, नुन र खुर्सानी समेतको घोलमा आधा घण्टासम्म फलामे कराईमा पकाएर घुङ्गीलाई खानयोग्य बनाइन्छ। यसरी तयार पारेको घुङ्गीलाई चुसेर त्यसभित्र रहेको प्रोटिनयुक्त मासुलाई तानेर खाने गरिन्छ।
मानव स्वास्थ्यको लागि स्वास्थ्यवर्द्वक मानिने घुङ्गी पछिल्लो समय अन्य समुदायले पनि खान थालेका छन्। माछा, मासु जस्तै घुङ्गीलाई पैसा तिरेर खानेको संख्या वृद्धि भएसँगै यसको कारोबार समेत फष्टाएको छ। घुङ्गीलाई रुचाउने धेरै भए पनि यसको परिकार बनाउनेहरुको संख्या भने न्यून छ। जो पायो उसैले बनाउन नजान्ने हुँदा सीमित मानिसले मात्रै यसको परिकार बनाउने गरेको पाइन्छ। शंखेकिरा प्रजातिको घुङ्गीलाई पकाउन र खान छुट्टै सिपको आवश्यकता पर्छ ।
घुङ्गी खानाले प्रचुर मात्रामा क्याल्सियम प्राप्त हुनुका साथै हड्डीको समस्या पनि ठीक हुने विश्वास गरिन्छ। रगतमा देखिएको सेतो रक्तको कमी, शरीर दुखेको, मर्केको लगायतको उपचारमा समेत उपयोगी मानिने हुँदा मानिसहरुले यसको खोजी गर्न थालेको छ।
घुङ्गी प्राकृतिकरूपमै पाइने एक प्रकारको जीव भए पनि यो बिस्तारै लोप हुँदै जाँदा यसको उत्पादनमा कमी हुँदै गएको छ। किसानले खेतबारीमा प्रयोग गर्ने विभिन्न प्रकारका रासायनिक मल र झार मार्ने औषधिलगायतका बिषादीको बढ्दो प्रयोगले घुङ्गी सङ्कटमा परेको छ।
आफ्नो आवश्यकता र स्वाद हेरी घुङ्गीलाई स्वादिष्ट रुपमा पकाउन सकिन्छ।
१. घुङ्गीलाई ठुलो बाटामा भरि पानी राखेर एक मुठी पिठो हालेर रातभरि राख्ने,
२. रातभरिमा घुङ्गी भित्र रहेका फोहर बाहिर निस्कन्छ र त्यसलाई ४/५ पटक सफा पानीले पखाल्ने,
३.पखालिसकेपछी अब घुङ्गी को टुप्पोलाई काट्ने, जसको लागि धारिलो खुर्पा वा चक्कु प्रयोग गर्नुपर्छ।
४.टुप्पो काटी सकेपछि घुङ्गी लाई फेरी पखाल्ने।
५. अब अन्य तरकारी पकाए जस्तै घुङ्गीलाई पकाउन सकिन्छ।
६.घुङ्गी पकाउन थारु समुदायले तेल, तोरी, लुसुन र खुर्सानीको बढी प्रयोग गर्छन्।
७.सबै तेल मसला हालेर केही छिन भुटेपछि पानी हालेर छोप्नु पर्छ।
८.घुङ्गीको सुप पनि खान सकिन्छ अथवा पानी सुकाएर घोङी मात्रै चुस्न पनि सकिन्छ।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











