बैशाख ४ । नयाँ वर्ष लागे सँगै नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। नयाँ वर्ष लागेपछि २ दिनमा सुनको मूल्य १००० ले बढेको हो।
बैशाख २ गते अर्थात नयाँ वर्षको दोस्रो दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको थियो। त्यस्तै बैशाख ३ गते शुक्रबार नेपाली बजारमा सुनको मूल्य ७०० रुपैयाँले बढेको थियो। यो सँगै उक्त दुई दिनमा १०० रुपैयाँले सुनको मूल्य बढेको हो।
अहिले प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ। त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँ रहेको छ। यस्तै चाँदीको भने १३ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
Facebook Comments


























