काठमाडौं, बैशाख ३ । सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ। दुई महिनापछि सुनको भाउ ९० हजार रुपैयाँ माथि पुगेको हो।
गत फागुन ११ मा सुनको मूल्य तोलामा ९० हजार एक सय रुपैयाँ पुगेको थियो। त्यपपछि सुनको मूल्य चैत चैत १८ मा यसको मूल्य घटेर ८५ हजार ६ सय रुपैयाँसम्म कायम भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ९० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार यसको मूल्य ८९ हजार ८ सय रुपैयाँ कायम भएको थियो।
सुनसँगै चाँदीको भाउ पनि महँगिएको छ। महासंघका अनुसार शुक्रबार चाँदी तोलामा १० रुपैयाँले बढेको छ। चाँदीको मूल्य प्रति तोला एक हजार ३ सय रुपैयाँ पुगेको छ। बिहीबार यसको मूल्य एक हजार २ सय ९० रुपैयाँ थियो।
Facebook Comments


























