सप्तरी, बैशाख ३ । हात्तीले आक्रमण गर्दा सप्तरीमा एकजना व्यक्तिको मृत्यु भएको छ। हनुमाननगर कंकालिनी नगरपालिका(१ कोसी व्यारेज घर भएका ५८ वर्षीय नारायण प्रमाणीको शुक्रबार बिहान मृत्यु भएको हो।
कोसी व्यारेजको गोलघर छेउमा काटेर राखेको गहुँ बालीलाई पहरा दिन गएको नारायणलाई बिहान ३ बजे हात्तीले आक्रमण गरेको थियो। उनको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक नरेश सिंहले जानकारी दिए।
मृतकको शवलाई पोष्टमार्टमका लागि राजरिाजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।
Facebook Comments


























