बैशाख ३ । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज पन्जाब किङ्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुदैछ। मुम्बईमा हुने पन्जाब र चेन्नईबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ।
वान्ग्खडे स्टेडियममा आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन्। पन्जाब लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ। पहिलो खेलमा पन्जाबले राजस्थान रोयल्सलाई ४ रनले हराएको थियो।
चेन्नई भने पहिलो जितको खोजीमा रहेको छ। पहिलो खेलमा चेन्नई दिल्ली क्यापिटलससँग ७ विकेटले पराजित भएको थियो। दुई टिमबीचको पछिल्लो प्रतिस्पर्धामा चेन्नई हाबी हुँदै आएको छ।
पछिल्लो पाँच खेलमा चेन्नई ४ खेल जितेको छ। अघिल्लो संस्करणको दुई भेटमा दुबै खेल चेन्नईले जितेको थियो। चेन्नई अंक तालिकाको पुछारमा रहेको छ।पन्जाब २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























