काठमाडौं, चैत्र ३० । प्रतिनिधि सभाको सोमवार बसेको बैठक स्थगित भएको छ। आगामी बैशाख ७ गते मंगलवार बस्नेगरी आजको बैठक स्थगित भएको हो।
सभामुख अग्नीप्रसाद सापकोटाले त्यसबारे संसदमा जानकारी गराएका हुन्। आजको बैठकमा सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको थियो। त्यस्तै विभिन्न समितिहरुका नामावलीहरु हेरफेर समेत गरिएको थियो। प्रतिनिधि सभाको अर्को बैठक मंगलवार दिउँसो १ बजे बस्नेछ।
Facebook Comments


























