काठमाडौं, चैत्र २८ । ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ। विभागीय टिम एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीचको उपाधि भिडन्तमा दिउँसो १ बजे टियु क्रिकेट मैदानमा हुनेछ।
बलियो टिम एपीएफ सुदूरपश्चिमलाई हराउँदै अपराजित रहेर च्याम्पियन बन्न चाहन्छ। एपीएफ लिग चरणमा अपराजित रहदै फाइनल पुगेको टिम हो। सुदूरपश्चिम लिगको दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो। सुदूरपश्चिमले ४ खेलमा ६ अंक जोड्यो।
लिग चरणमा सुदूरपश्चिम एपीएफसँग ३७ रनले पराजित भएको थियो। अन्य खेलमा जित निकालेको थियो। प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ। यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ।
Facebook Comments


























