काठमाडौं, चैत्र २७ । नेकपा माओवादी र जनता समाजवादी पार्टी (जसपा) का नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन्।
पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सभापति देउवाले अन्य दुई दलका शीर्ष नेताहरुलाई बुढानिलकण्ठ बोलाएका हुन्। छलफलका लागि कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरु समेत बुढानिलकण्ठ पुगेका छन्।
त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, देव गुरुङ, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु देउवानिवास पुगेका हुन्। त्यस्तै जसपाका अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई साथै नेताहरु उपेन्द्र यादव, राजेन्द्र महत्व, अशोक राई लगायतका नेताहरु छलफलका लागि पुगेका हुन्। बुढानिलकण्ठ पुग्नुअघि जसपाका नेताहरु आन्तरिक छलफलमा समेत जुटेका थिए।
Facebook Comments


























