चैत्र २७ । शुक्रवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। यस दिन छापावाल सुन प्रति ताला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।
अघिल्लो दिन यस्तो सुन ८९ हजार रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो। यस दिन तेजाबी सुन प्रति तोला ८९ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यस्तो सुन प्रति तोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार, शुक्रवार चाँदी प्रति तोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँ कायम भएको थियो।
Facebook Comments


























