विराटनगर, चैत्र २७ । नेकपा एमालेका नेता माधवकुमार नेपालले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी फुटाउने काम गरिरहेको आरोप लगाएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता नेपालले ओलीले पार्टी फुटाउँदा विरोधीहरू खुसी भइरहेको पनि बताए।
आफूहरू सबैलाई मिलाउने काममा लागिरहेको र निर्वाचनले मात्रै सबै विषयको निकास नदिने उनको भनाइ छ। अोलीले विधानविपरीत काम गर्दै अाएको उल्लेख गर्दै नेता नेपालले उनलाई साथ दिनेहरू दास भएको दाबी गरे।
“विधानविपरीत काम गर्नेलाई पनि साथ, समर्थन दिने भनेका दास हुन्। हामी दास होइनौं। हामी केपी ओलीको मुख हेरेर आन्दोलनमा जुटेका होइनौं,’ नेता नेपालले भने।
उनले ओलीको पक्षमा बहुमत नभए पनि को जिकिर गरे।
Facebook Comments


























