दिल्ली, चैत्र २७ । भारतमा एकैदिन २४ घण्टामा १ लाख ३१ हजार जना कोरोना संक्रमित थपिएका छन्। यो संक्रमण संख्या एकदिनमा भेटिएको अहिलेसम्मकै सर्वाधिक भएको जनाइएको छ।
त्यहाँ २४ घण्टाको अवधिमा ७ सय ८० जनाको मृत्यु भएको छ। त्यहाँ कोरोना संक्रमित फेला पर्ने दर ९.२१ प्रतिशत पुगेको छ।
राजधानी दिल्लीको सर गंगाराम अस्पतालका ३७ डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुले कोरोना खोप लगाइसकेका थिए। संक्रमित डाक्टरहरुमध्ये ३२ जना होम क्वारेन्टिनमा रहेको र ५ जना अस्पताल भर्ना भएका छन्।
Facebook Comments


























