काठमाडौं, चैत्र २६ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। भोलि बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आगामी ३० गते बस्ने गरी स्थगित भएको हो।
कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जरी गर्दै भोलिका लागि बोलाइएको बैठक चैत ३० गते २ बजे बस्नेगरी मिति तोकिएको जानकारी गराएका छन्। यसअघिको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा नयाँ सरका गठनको पहल गर्ने निर्णय गरेको थियो।
त्यसबाहेक आगामी महाविधेशनको आन्तरिक कार्यतालिका समेत सामान्य हेरफेर गर्ने निर्णय गरेको थियो। अब बस्ने केन्द्रीय समितिको बैठकमा महाविधेशनकै विषयमा छलफल गर्ने कांग्रेसको तयारी छ।
Facebook Comments


























