कास्की, चैत्र २६ । पोखरामा जारी १९औँ आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज नेपाल पुलिस क्लव र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुदैछ।
पुलिस र अफ्रिकनबीचको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ। आज दुबै टिम जित निकाल्दै उपाधि नजिक पुग्न चाहन्छन्। आहा राराकै सर्वाधिक सफल टिम पुलिसले क्वाटरफाइनलमा थ्री स्टारविरुद्ध ४-० को जित निकालेको थियो।
यस्तै पहिलो पटक खेलिरहेको अफ्रिकनले मछिन्द्र क्लबलाई २-१ ले स्तब्ध बनाएको थियो। यस खेलको विजेताले उपाधिका लागि संकटा क्लबसँग खेल्नेछ। संकटा क्लब एपीएफलाई हराएर फाइनल पुगिसकेको छ।
Facebook Comments


























