चैत्र २३ । इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले पुनरागमन जित निकालेको छ।
युनाइटेडको ओल्ड ट्राफोर्ड मैदानमा भएको खेलमा उसले ब्राइटोनलाई २–१ गोलले हराएको हो। युनाइटेडको जितका लागि मार्कस रासफर्ड र मेसन ग्रिनवुडले समान १–१ गोल गरे। त्यसअघि नै खेलको १३ औं मिनेटमा ब्राइटोनका ड्यानी वेलब्याकले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए।
यससँगै पहिलो हाफमा युनाइटेड एक गोलले पछि पर्यो। एक गोलले पछि परेको अवस्थामा रासफर्डले ६२ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यस्तै पाउल पोग्बाको पासलाई ग्रिनवुडले ८३ औं मिनेटमा गोलमा बदलेपछि खेल युनाइटेडले आफ्नो पक्षमा पारेको थियो।
यो जितसँगै युनाइटेडले अंक तालिकामा ६० अंक बनाएको छ। यद्यपि ऊ शीर्षस्थानको म्यानचेस्टर सिटीभन्दा ७४ अंकले पछि छ। एजेन्सी


























