काठमाडौं, चैत्र २० । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मेलम्चीको पानी काठमाडौं आइपुग्दा काठमाडौंबासीले कृष्णप्रसाद भट्टराईलाई सम्झिरहेको बताएका छन्। मेलम्चीको पानी काठमाडौंमा आइपुगेको सन्दर्भमा पत्रकारसँग कुरा गर्दै प्रवक्ता शर्माले पानी काठमाडौं ल्याइपुर्याउन सबैको कर्मलाई सम्झिनुपर्ने भएपनि कृष्णप्रसाद भट्टराईको नामलाई बिर्सेर मेलम्चीको कथा शुरु र अन्त्य हुन नसक्ने बताए। उनले सरकार र मन्त्रीले भट्टराईलाई बिर्सिएपनि उपत्यकाबासीले पानी पिउँदै गरेको हरेक थोपामा सम्झिने विश्वास व्यक्त गरे।
‘कृष्णप्रसाद भट्टराई मेलम्चीको हरेक थोपासँग गासिने नाम हो। कृष्णप्रसाद भट्टराईलाई बिर्सेर मेलम्चीको कथा न शुरु हुने हो न मेलम्चीको कथा अन्त्य हुने हो। न मेलम्ची यहाँ आइपुग्ने हुन्थ्यो होला। सरकारले बिस्र्यो होला, मन्त्रीजीले बिर्सिनु भयो होला, अरुले बिर्सिनु भयो होला तर उपत्यकाबासी कसैले पनि कृष्णप्रसाद भट्टराईलाई मेलम्चीको सन्दर्भमा हरेक थोपा पिउँदै गरेको घुट्कोसँगै, हरेक थोपा पिउँदै गर्दा सम्झिनु भएकै छ भनेर हामी विश्वास व्यक्त गर्दछौँ’ उनले भने।
प्रवक्ता शर्माले मेलम्चीको पानी काठमाडौँ आउनुले हाम्रो सामथ्र्यको पुष्टि भएको पनि बताए। यसले आगामी दिनमा नवीन परियोजनातर्फ देशलाई लैजानको निम्ति मार्ग प्रशस्त गर्ने पनि बताए। नेपाली कांग्रेसले मेलम्चीको पानी काठमाडौं आइपुगेको विषयलाई अत्यन्तै हर्षका साथ स्वागत गरेको पनि उनको भनाइ छ।
























