चैत्र १९ । गायक सुरेश लामाको स्वरमा नयाँ आधुनिक गीत ‘टाढा नहुनु है’ सार्वजनिक भएको छ। गीतको भिडियोलाई चागुनारायण इन्टरटेनमेन्ट प्रा.लि.बाट रिलिज गरिएको छ। गीतमा अर्जुन पोखरेलको संगीत, उत्तमकुमार बर्तौलाको शब्द तथा लाहाङ सुब्बाको संगीत संयोजन छ।
दिनेश ठकुल्ला निर्देशित भिडियोमा विवश ठगुन्ना र अन्जु न्यौपानेको अभिनय छ। सौगातजंग थापाले निर्माण गरेको भिडियोमा नरेश ऐरको छायांकन, रोशन धितालको सम्पादन छ।
Facebook Comments


























