चितवन, चैत्र १९ । नेपाल पत्रकार महासंघ चितवनको निर्वाचनमा प्रेस चौतारी र मिडिया नेपालबिच गठबन्धन गर्ने निर्णय भएको छ। आज (बिहीबार) दुई संगठनबीच भएको बैठकबाट गठबन्धन गर्ने निर्णय भएको हो।
महासंघको आगामी २५ गते (बुधबार) हुने निर्वाचनमा पत्रकार महासंघ चितवनको संस्थागत विकास, पत्रकारहरुको क्षमता अभिबृद्धी र पेशागत सुरक्षाप्रति प्रतिबद्ध रहने दुई संगठनहरुले निकालेको संयुक्त विज्ञप्तीमा जनाएका छन्।
सहमतिपत्रमा प्रेस चौतारीको तर्फबाट अध्यक्ष सुवास पण्डित र मिडिया नेपालको तर्फबाट अध्यक्ष समिक्षा पुरीले हस्ताक्षर गरेका छन्। विज्ञप्तीमा चितवनका अन्य पत्रकारिता क्षेत्रसंग सम्बन्धित विभिन्न पेशागत संघ–संगठनहरुलाई महासंघको आगामी नेतृत्व आम सहमतिका साथ सम्पन्न गर्न पनि अपिल गरिएको छ।
Facebook Comments


























