चैत्र १९ । फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा साविक विजेता फ्रान्सले साँघुरो जित निकालेको छ। बुधबार राति भएको खेलमा फ्रान्सले बोस्निया र हर्जगोभिनालाई १-० गोल अन्तरले पराजित गरेको हो।
फ्रान्सको जितमा एन्टोनी ग्रीजम्यानले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६० औं मिनेटमा ग्रीजम्यानले गोल गरे। एड्रिनको पासमा उनले उत्कृष्ट हेडर गोल गरेका थिए।
जितसँगै फ्रान्सले ३ खेलमा ७ अंक जोडेको छ। फ्रान्स डी समूहको शीर्ष स्थानमा रहेको छ। बोस्निया १ अंक जोडेर चौंथो स्थानमा रहेको छ। यसै समूहको अर्को खेलमा युक्रेन र काजकिस्तानले १-१ गोलको बराबरी खेलेका छन्। युक्रेन ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। काजकिस्तान १ अंक जोडेर पुछारमा रहेको छ। एजेन्सी
Facebook Comments


























