चैत्र १८ । बंगलादेशमा जारी बंगबन्धु कप अन्तराष्ट्रिय कबड्डी प्रतियोगितामा नेपालले पहिलो जित निकालेको छ। बुधबार भएको खेलमा पोल्याण्डलाई ४०-१९ ले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो।
यस अघि पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो। प्रतियोगितामा नेपालले २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ। बंगलादेश ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। प्रतियोगितामा नेपाल सहित आयोजक बंगलादेश, पोल्याण्ड, केन्या र श्रीलंका गरि ५ टिमको सहभागिता रहेको छ।
Facebook Comments


























