चैत्र १८ । बंगलादेशको राउजन जिल्लाको चट्टोग्राम-कप्तई राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा चार व्यक्तिको मृत्यु भएको छ।
विपरीत दिशाबाट आउँदै गरेको बालुवाले भरिएको ट्रकले एक अटो रिक्शालाई ठक्कर दिँदा दुर्घटना भएको थियो। मृतकहरू सबै अटो रिक्शाका यात्रु थिए।ट्रकचालक भाग्न सफल भएको प्रहरीले जनाएको छ। एजेन्सी
Facebook Comments


























