चैत्र १८ । फिफा विश्वकप छनौट अन्तर्गत जापानले मंगलियालाई लज्जास्पद तवरले हराएको छ। मंगलबार भएको खेलमा जापानले मंगोलियालाई १४-० ले पराजित गरेको छ।
जापानको फुकुदा देन्सी एरिना रंगशालामा जापानलाई जित दिलाउन युया ओसाकोले ह्याट्रिक पूरा गरे। यस्तै शो इनागाकी, जुन्या इतो र क्योगो फुरुहाशीले २/२ गोल गरे।
ताकुमी मिनामिनो,दैची कमाडा, हिदेमासा मोरिता र ताकुमा असनोले १/१ गोल गरे। मंगोलियाका तुयाले एक आत्मघाती गोल गरे। जितसँगै समूह एफ को जापानले ५ खेलमा १५ अंक जोडेको छ। शीर्ष स्थानको जापानले पाँच खेलमा शतप्रतिशत जित निकालेको छ। ३ अंक जोडेको मंगोलिया समूहको पुछारमा छ।
Facebook Comments


























