काठमाडौं, चैत्र १६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार भेटवार्ता भएको छ।
माओवादी केन्द्र नेकपाको एकता खारेज गर्ने सर्वोच्च अदालतको २३ फागुनको फैसला पुनरावलोकनका लागि निवेदन दिने तयारीमा छ। त्यसअघि दुई नेताबीच कोटेश्वरस्थित एक निजी घरमा भेट भएको स्रोतले जानकारी दिएको छ। भेटमा समयसामयिक विषयमा पनि कुराकानी भएको नेताहरुले बताएका छन्।
Facebook Comments


























