चैत्र १४ । इंग्ल्यान्डले घरेलु टिम भारतविरुद्धको दोस्रो एकदिवसीयमा सानदार जित निकालेको छ। पुनेमा शुक्रबार भएको खेलमा इंग्ल्यान्डले भारतमाथि ६ विकेटको सानदार जित निकालेको हो।
भारतले दिएको ३ सय ३७ रनको विशाल लक्ष्य इंग्ल्यान्डले ४३ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो। इंग्ल्यान्डको जितमा जोनी बेयर्स्टोले १ सय १२ बलमा १ सय २४ रनको शतकीय इनिङ्स खेले।
यस्तै बिस्फोटक ब्याटिङ गरेका बेन स्टोक्सले ५२ बलमा ९९ रनको अर्धशतकीय इनिङ्स खेले। जासन रोयले ५५ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै लियाम लिभिङस्टोनले अविजित २७ रन बनाउँदा डाविड मालनले अविजित १६ रन बनाए। भारतका प्रसिद्ध कृष्णले २ विकेट लिए। भुवनेश्वर कुमारले १ विकेट लिए।
यस अघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३६ रन बनाएको थियो। भारतका केएल राहुलले १ सय ८ रनको शतकीय इनिङ्स खेले। यस्तै ऋषव पन्तले ७७ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विराट कोहलीले ६६ रनको अर्धशतकीय इनिङ्स खेले।
हार्दिक पाण्डयले ३५ रन जोड्दा रोहित शर्मा २५ रन जोड्दा आउट भए। कुर्नाल पाण्डय १२ रनमा अविजित रहे। इंग्ल्यान्डका टम करण र रिची टोप्लेले २/२ विकेट लिए। आदील राशिद र साम करणले १र१ विकेट लिए। यस जितसँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ। पहिलो खेलमा भारतले जित निकालेको थियो। एजेन्सी


























