काठमाडौं, चैत्र ११ । नेपाली कांग्रेसले चैत २० गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। आसन्न १४औं महाधिवेशनको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।
पार्टी सभापतिले चैत २० गतेका लागि बैठक बोलाउन निर्देशन दिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। सोमबार बसेको कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारीको बैठकको सहमति अनुसार केन्द्रीय समिति बैठक बोलाइएको उनले बताए। बैठकमा क्रियाशील सदस्यता छानविन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए।
कांग्रेसले भदौ ७–१० गते महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ। अहिले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको तथ्यांक देशभरबाट केन्द्रमा पठाउने काम भइरहेको छ।
Facebook Comments


























