काठमाडौं, चैत्र ११ । त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ। प्रशिक्षक बालगोपाल महर्जनले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्।
नेपालले पहिलो खेल बिहीबार किर्गिस्तानसँग खेल्दैछ। दोस्रो खेल नेपाल र बंगलादेशबीच हुनेछ। राउण्ड रोबिनको आधारमा शीर्ष दुई टिमले फाइनल प्रतिस्पर्धा गर्नेछन्। फाइनल चैत १६ गते हुने एन्फाले जनाएको छ। मंगलबारबाट दशरथ रंगशालामा शुरु भएको पहिलो खेलमा किर्गिस्थानलाई १–० ले पराजित गर्दै बंगलादेशले विजयी सुरुवात गरेको थियो।
Facebook Comments


























