चैत्र ११ । सन् २०२२ मा कतारमा हुने विश्वकप अन्तर्गतको यूरोपियन छनोट आजबाट सुरु हुँदैछ। कोरोनाका कारण स्थगित भएको खेलमा आज राति १२ खेल हुँदैछन्।
जसमा नेदरल्याण्ड्सले टर्कीसँग खेल्दैछ भने पोर्चुगलले अजरबैजानसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै फ्रान्सले युक्रेनसँग खेल्नेछ भने बेल्जियमले वेल्सको सामना गर्नेछ। क्रोयसियाले स्लोभानियाविरुद्ध मैदानमा उत्रनेछ। टर्की र नेदरल्याण्ड्सको खेल राती पौने ११ बजेबाट सुरु हुनेछ भने बाँकी खेल राति साँढे एक बजेबाट हुनेछन्। एजेन्सी
Facebook Comments


























