हेटौंडा, चैत्र १० । मकवानपुर प्रहरीले २० किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। मकवानपुरको कैलाश गाउँपालिका-२ का बुद्धलाल स्याङबोलाई प्रहरीले आइतबार पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।
राक्सिराङ गाउँपालिका-५ मा हिडिरहेको अवस्थामा प्रहरीले शंका लागेर खानतलासी गर्दा लागूऔषध सहित उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपु रका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले स्याङ्बोमाथि थप अनुसन्धान सुरु गरिएको बताए।
Facebook Comments


























