चितवन, चैत्र १० । पछिल्लो २४ घण्टामा कोभिड–१९ का १८८ संक्रमित थपिएका छन्। चार हजार ३२ जनाको पीसीआर परीक्षण गरिएकोमा १८८ जनाको नतिजा पोजिटिभ आएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार २४४ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ७७ जना संक्रमणमुक्त भएका छन्। योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ९७ पुगेको छ। नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु पुष्टि भएको छैन। हालसम्म नेपालमा कोभिड–१९ का कारण तीन हजार १९ जनाले ज्यान गुमाइसकेका छन्।
हाल देशभर क्वारेन्टिनमा ५८ जना छन् भने आइसोलेसनमा एक हजार १२८ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Facebook Comments


























