काठमाडौं, चैत्र ९ । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको राजकीय भ्रमणमा गएपछि उनको अनुपस्थितिमा सम्पादन हुने काम उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन्।
राष्ट्रपति भण्डारी जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिनको भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छन्। अब दुई दिनसम्म उनको अनुपस्थितिमा गरिने सबै काम नेपालको संविधान बमोजिम उपराष्ट्रपतिबाट हुने भएको हो।
Facebook Comments


























