काठमाडौं, चैत्र ८ । नेकपा एमालेभित्रको विवाद भ्रातृ संस्थाहरुमा पनि देखिएको छ। अखिल नेपाल महिला संघको समानान्तर कमिटी बनाइसकेको वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहले आज युवा संघको पनि समानान्तर कमिटी बनाएको हो।
नरेश शाहीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष क्रान्ति बुर्लाकोटी र महासचिव दीपक जीएम बनेका छन्। ५० जना भन्दा धेरै सदस्य राखेर युवा संघको गठन गरिएको हो।
Facebook Comments


























