काठमाडौं, चैत्र ५ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। आज पनि छापावाला सुन प्रतितोला ८७ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजाबी सुन आज ८६ हजार ७५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। यो मूल्य बुधबारको तुलनामा ३०० रूपैयाँले बढेको हो। चाँदीको मूल्य आज तोलामा २० रूपैयाँले बढेको छ। चाँदी आज प्रतितोला १२९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























