मुम्बई, चैत्र ५ । बलिउड गायक तथा संगीतकार अनु मलिक एकपटक पुनः ‘इण्डियन आइडल’मा आउने भएका छन्। यसपटक उनको आगमन निर्णायकका रुपमा नभई केवल अतिथीका रुपमा मात्र हुनेछ।
टाइम्स अफ इण्डियामा प्रकाशित समाचारअनुसार ९० औं भागको यो विशेष श्रृंखलामा अनुका साथ उदित नारायण झा र गीतकार समीरको पनि उपस्थिति हुनेछ।
‘यो ९० दशकको म्यूजिक विकेन्ड एपिसोड हुनेछ। अनुले ९० को दशकमा कैयौं फिल्मका लागि संगीत सिर्जना गरे। ती गीतहरु चार्टबस्टर रहेका छन्’, समाचारमा लेखिएको छ,‘त्यहीकारण यो एपिसोड अनु मलिक बिना पुरा हुन सक्दैन। त्यसकारण अनु अतिथीका रुपमा आउन लागेका हुन्। अनुसँगै गीतकार समीर र गायक उदित नारायण झाको पनि विशेष उपस्थिति रहनेछ। जसले ९० को दशकको संगीतमा सानदार योगदान दिएका थिए।’
अनु सुरुवाती समयदेखि नै ‘इण्डियन आइडल’को हिस्सा थिए। तर सिजन १० मा भने उनको स्थानमा जावेद अली आए। यो सिजनमा उनलाई यौन उत्पीडनको आरोप लागेपछि जावेद उनको स्थानमा आएका थिए।
उनी सिजन ११ मा पुन शोमा आए पनि गायिकाहरु सोना महापात्रा, नेहा भसीन र श्वेता पण्डितले उनको विरुद्ध ट्वीट गरेपछि अनुको स्थानमा हिमेश रेशमियाको आगमन भयो। एजेन्सी


























