चैत्र ५ । प्रतियोगिता च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा भएको छ। बुधबारबाट अन्तिम १६ को खेल सकिएसँगै प्रतियोगिताको अन्तिम आठमा पुग्ने टोली टुंगिएका हुन्।
यस सिजन अन्तिम आठमा इंग्लिस क्लबको वर्चश्व रहेको छ। इंग्ल्यान्डका तीन क्लबले अन्तिम आठमा स्थान बनाएका छन्। इंग्ल्यान्डबाट लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटीले अन्तिम आठमा स्थान बनाएका छन्।
यस्तै जर्मनीबाट साविक विजेता बायर्न म्युनिख र बोरुसिया डर्टमण्डले अन्तिम आठमा स्थान पक्का गरेका छन्। फ्रान्सबाट पेरिस सेन्ट जर्मेन (पीएसजी), स्पेनको रियल मड्रिड र पोर्चुगलको एफसी पोर्टोले क्वाटरफाइनलमा स्थान बनाएका छन्। क्वाटरफाइनलको ड्र शुक्रबार सार्वजनिक हुनेछ। एजेन्सी
Facebook Comments


























