चैत्र ४ । इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले विश्वकप छनोट अन्तर्गतका तीन खेल गुमाउन सक्ने भएका छन्। चोटका कारण गोलकिपर पिकफोर्डले यसै महिना हुने छनोटका तीन खेल गुमाउने भएका हुन्।
गोलकिपर पिकफोर्डको मसल्स इन्जुरी रहेको बताईएको छ। २७ वर्षीय पिकफोर्डले शनिबार राति बर्नलीविरुद्धको खेलमा चोट बोकेका थिए। उक्त खेलमा एभर्टन बर्नलीसँग २-१ ले पराजित भएको थियो।
विश्वकप छनोटमा इंग्ल्यान्डले यसै महिना सान मारिनो, अल्बानिया र पोल्याण्डसँग खेल्नेछ। यस्तै उनले एफए कपको क्वाटरफाइनल अन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको खेल गुमाउने छन्। एजेन्सी
Facebook Comments


























