चैत्र ४ । इङल्याण्डले भारतविरुद्धको टी-२० क्रिकेट सिरिजको तेस्रो खेल जितेको छ। गएराति भएको खेलमा इङल्याण्डले भारतलाई ८ विकेटले पराजित गरेको हो।
भारतले दिएको १५७ रनको लक्ष्य पछाएको इङल्याण्डले १९ दशमलव २ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। इङल्याण्डको जितमा जोस बटलरले अविजित ८३ रन बनाए भने जोनी बैरस्ट्रवले अविजित ४० रन बनाए। त्यस्तै जेसन रोयले ९ र डविड मलानले १८ रन बनाए।
भारतीय बलर युजवेन्द्र चहल र वाशिंटन सुन्दरले एक एक विकेट लिएका थिए। यसअघि टस हारेर पहिले ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउदै १५६ रन बनाएको थियो। भारतका लागि कप्तान विराट कोहलीले सर्बाधिक अविजित ७७ रन बनाएका थिए भने ऋषव पन्तले २५ रन बनाए।
इङल्याण्डका बलर मार्क वूडले ३ विकेट लिए भने क्रिस जोर्डनले २ विकेट लिएका थिए। यो जितपछि इङल्याण्ड ५ खेलको सिरिजमा २-१ ले अगाडी भएको छ। अब सिरिजको चौथो खेल १८ मार्चमा हुने छ।


























