चैत्र २ । स्पेनिस खेलाडी गार्बिन मुगुरुजाले दुबई च्याम्पियनसिप टेनिसको उपाधि जितेकी छिन्। दुबईमा भएको फाइनलमा चेक रिपब्लिककी बारबोरा क्रेजचिकोभालाई हराउँदै मुगुरुजा च्याम्पियन बनेकी हुन्।
उपाधि जित्ने क्रममा २७ वर्षीया मुगुरुजाले बारबोरामाथि ७-६ ९८-६० र ६-३ को सेटमा जित निकालिन। दुई पटकको ग्राण्डस्लाम विजेता मुगुरुजाले करिब दुई वर्षपछि पहिलो डब्लुटिए उपाधि जितेकी हुन्।
‘यो मेरो लागि धेरै हो। उपाधि जित्नका लागि सहज छैन,’ उनले भनिन्।
Facebook Comments


























