काठमाडौं, चैत्र २ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता हुँदैछ। अहिले पार्टी कार्यालय धुम्बाराहीमा भेट तय भएको हो।
ओलीले बालुवाटार बोलाए पनि नेपाल त्यहाँ जान तयार भएनन्। त्यसपछि अहिले ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट हुने तय भएको स्रोतले जनाएको छ।
ओली र नेपाल बीच चार महिनापछि भेटवार्ता हुन लागेको हो। गएको २५ कात्तिकमा आफू निकट नेताहरु सहित बालुवाटार पुगेर नेपालले ओलीलाई भेटेका थिए। त्यसपछि एक्लाएक्लै भेटवार्ता भएको छैन।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि भने एक अर्काविरुद्ध गतिविधि, अभिव्यक्ति र निर्णय नै गर्दै आएका ओली र नेपाल बीच भेटवार्ता हुन लागेको हो। दुई पक्षको भेटवार्ताकै लागि ओलीले आज चियापानसमेत ओलीले राखेका छन्।
Facebook Comments


























