चैत्र २ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले संघर्षपूर्ण जित निकालेको छ। आइतबार राति भएको खेलमा आर्सनलले १० खेलाडीमा सीमित टोटेनहमलाई २-१ गोलले पराजित गरेको हो।
घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर आर्सनलले जित निकालेको हो। खेलको ३३औँ मिनेटमा एरिक लामेलाले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए। तर, खेलको ४४ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा ल्याए।
खेलको ६४ औं मिनेटमा एलेक्स्जेन्डर लाकाजेटले पेनाल्टीमा गोल गर्दै आर्सनललाई २-१ को जित दिलाए। ७६औँ मिनेटमा लामेलाले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा टोटेनहम १० खेलाडीमा समेटिएको थियो। जितसँगै आर्सनल २८ खेलमा ४१ अंकसहित लिगको दशौँ स्थानमा छ। टोटेनहम ४५ अंकसहित सातौं स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























