काठमाडौं, चैत १ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक भोलि फेरि बस्ने गरी सकिएको छ। आइतबार मध्यान्ह पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठक सोमबार बिहान ११ बजे बस्ने गरी सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
आजको बैठकमा सातै प्रदेशका इन्चार्जहरुले रिपोर्टिङ गरेका थिए। बैठकमा प्रदेश १ बाट सावित्री भुसाल, २ बाट विश्वनाथ साह, बागमती प्रदेशबाट नारायण दाहाल, गण्डकी प्रदेशबाट हितराज पाण्डे, लुम्बिनी प्रदेशबाट ओनसरी घर्ती, कर्णाली प्रदेशबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेको प्रवक्ता श्रेष्ठले बताए।
Facebook Comments


























