काठमाडौं, चैत्र १ । Football_icon_1koUBAJrVy फुटबल आजदेखि सुरु हुँदैछ। २०७६ सालमा हुनुपर्ने सी डिभिजन लिग कोरोना महामारीको कारण तोकिएको समयमा हुन सकेन र यस वर्ष आयोजना हुन लागेको हो।
अखिल नेपाल फुटबल संघ ९एन्फा० ले नयाँ संरचनामा सी डिभिजन लिग आयोजना गर्दैछ। १४ टिमले प्रतिस्पर्धा गर्ने सी डिभिजन लिगमा कूल ५२ खेल हुनेछ भने ३ टीम बी डिभिजनमा बढुवा हुनेछन्। यस्तै एक टिम रेलिगेसनमा पर्नेछ।
सहभागी १४ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा वीरगन्ज युथ एकेडेमी, खालीबारी युथ एफसी, मनोहरा युनाइटेड क्लब, सानो गौचरण युथ क्लब, समाज कल्याण खेलकुद केन्द्र, महावीर क्लब र झापा एफसी छन्।
यस्तै समूह ‘बी’ मा प्लानिङ ब्वाइज युनाइटेड, ओसिस क्लब, सानेपा क्लब, सामाजिक युवा क्लब, स्वयम्भु क्लब, वीरगन्ज युनाइटेड क्लब र चर्च ब्वाइज युनाइटेड क्लब छन्। दुवै समूहको खेल राउण्ड रोविन लिगका आधारमा हुनेछ।
आज समूह ‘ए’ मा रहेका खालीबारी युथ क्लब र झापाबीच आज उद्घाटन खेल हुँदैछ। यस्तै समूह ‘बी’ मा रहेका ओसिस र चर्च ब्वाइजबीच अर्को खेल हुनेछ।


























