बारा, फागुन २८ । बारामा एक युवकको शव कुहिएको अवस्थामा फेला परेको छ। जितपुर सिमरा उप महानगरपालिका १० स्थित खेतमा युवकको शव बरामद भएको प्रहरीले जनाएको छ।
बिहान माटो लिएर जाँदै गरेकी एक महिलाले गन्हाएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्। फेला परेको शब २२र२३ वर्षका युवकको जस्तो देखिएको र पहिचान भने खुल्न बाँकी रहेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको तथा थप अनुसन्धानको लागि तालिम प्राप्त कुकुर मगाइएको मिश्रले बताए।
Facebook Comments


























