काठमाडौं, फागुन २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जाँदै छन्। राष्ट्रिय दलित पत्रकार संघको प्रथम सम्मेलन उद्घाटन गर्न दाहाल रुपन्देहीको बुटवल जान लागेका हुन्।
सम्मेलनमा दाहालसहित नेकपा एमालेका नेता घनश्याम भुसाल, छविलाल विश्वकर्मा, कांग्रेस नेता मिन विश्वकर्मा लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्मेलनको उद्घाटन बिहान ११ बजे प्रचण्डले गर्ने कार्यक्रम रहेको छ।
Facebook Comments


























