फागुन २८ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको महामारीसँग जुधेका अमेरिकी नागरिकका लागि ल्याइएको राहत प्याकेज सम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन्।
हिजो संसदको तल्लो सदनबाट पारित विधेयकमा राष्ट्रपति बाइडेनले हस्ताक्षर गरेसँगै यो विधेयकले कानूनी रुप लिएको छ। यो प्याकेजअन्तर्गत १९ अर्ब डल बराबरको आर्थिक राहत प्याकेज कोभिड प्रभावित अमेरिकीहरूलाई सहायतास्वरुप प्रदान गरिनेछ।
यो विधेयकमा १४०० डलर भुक्तान, बेरोजगारी भत्ता विस्तार, चाइल्ड ट्याक्स क्रेडिट जस्ता योजना छन्। यो राहतबाट करोडौँ मानिसहरु गरिबीबाट बाहिर निस्कने अनुमान गरिएको छ।
राष्ट्रपति बाइडेनले राहत प्याकेजले देशको मेरुदण्ड पुनर्निर्माण गर्ने बताएका छन्। यो विधेयकलाई अमेरिकी इतिहासको सबैभन्दा धेरै खर्च रहेको विधेयकको रुपमा हेरिएको छ। एजेन्सी
Facebook Comments


























