फागुन २८ । युरोपा लिगको अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब टोटेनहमले जीत हासिल गरेको छ। गएराति भएको खेलमा टोटेनहमले क्रोएसियन क्लब डाइनामो जाग्रेवलाई २-० गोलले पराजित गरेको हो।
घरेलु मैदानमा टोटेनहमलाई जीत दिलाउन ह्यारी केनले दुई गोल गरे। उनले २५ औं र ७० औं मिनेटमा गोल गरे। एजेन्सी
Facebook Comments

























