कैलाली, फागुन २६ । कैलालीमा नेकपा एमाले भित्रका दुई समूहबीच कुटाकुट भएको छ। प्रदेश पार्टी कार्यालयमा एमाले ओली समूह र माधव समूहका कार्यकर्ताबीच कुटाकुट भएको हो।
पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेका थिए। उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाएका थिए। यस क्रममा ओली समूह र नेपाल समूहका कार्यकर्ता नाराबाजीमा उत्रिएका थिए। विवाद बढ्दै गएपछि कुटाकुट भएको हो।
Facebook Comments


























