काठमाडौं, फागुन २६ । प्रतिनिधि सभाको बैठक शुरू भएको छ। दिउँसो सवा १ बजे सभामुख अग्निप्रसाद सापकोटाले शुरू गरेका हुन्।
यसअघि प्रतिनिधि सभा पुनर्स्थापना भएपछि फागुन २३ गते प्रतिनिधि सभा बैठक बसेको थियो। पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै तत्कालीन अवस्थामा राजनीतिक रुपमा विभाजित नेकपाको प्रचण्ड–माधव पक्षले बैठक बहिष्कार गरेका थिए भने कांग्रेसले अवरोध गरेको थियो। दुवै पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार सञ्चालनको कार्यशैलीप्रति सदन खुलेकै दिन चर्को असन्तुष्टि र विरोध जनाएका थिए।
Facebook Comments


























