झापा, फागुन २६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले एक वर्षभित्र चुनाव गराउने सर्तमा कांग्रेस सरकार निर्माणमा जुट्नुपर्ने बताएकाछन्।
देशमा अहिले देखिएको अन्योलबाट देशलाई निकास दिन चुनावको विकल्प नभएको उनले बताएका हुन्। झापामा बुधबार प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले सरकार निर्माणमा केपी ओलीसँग भने सहकार्य गर्न नहुने बताए।
ओलीले संविधान बाहिर गएर संसद विघटन गरेकाले उहाँसँग सहकार्य गर्न हुन्न कोइरालाले भने। सर्वोच्चको पछिल्लो फैसलाले देश संकटमा फसेको बताउँदै कोइरालाले ढिलोमा २०७८ चैत्तसम्म चुनाव गरिसक्नुपर्नेमा जोड दिए। अहिलेको अवस्थामा कांग्रेस पर्ख र हेरको अवस्थामा बस्न नहुने भन्दै चुनावी कार्यक्रमको अभियान थाल्नुपर्ने उनले बताए।
Facebook Comments


























