फागुन २६ । जर्मनी क्लब बोरुसिया डोर्टमण्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ। गएराती सम्पन्न खेलमा स्पेनिस क्लब सेभियालाई समग्रमा ५-४ गोल अन्तरले पराजित गर्दै डोर्टमण्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो। पहिलो लिगमा ३-२ ले विजयी भएको डोर्टमण्ड दोस्रो लिगमा २-२ गोलको बराबरी खेलेपछि समग्रमा ५-४ को अग्रता हासिल गरेको थियो।
दोस्रो लिगमा डोर्टमण्डका लागि दुवै गोल इर्लिंग हल्याण्डले गरेका थिए भने सेभियाका लागि योउसेफ एननेस्रीले दुवै गोल गरेका थिए। एजेन्सी
Facebook Comments


























