फागुन २६ । इटालियन च्याम्पियन युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको छ। गएराती सम्पन्न अन्तिम १६ को दोस्रो लिगमा पोर्टोलाई ३-२ गोल अन्तरले पराजित गरेको युभेन्टस समग्रमा ४-४ को बराबरी भएपछि अवे गोलको आधारमा पोर्टो क्वाटरफाइनलमा पुगेको हो।
१० खेलाडीमा सिमित रहेको पोर्टोले ९० मिनेटपछिको अतिरिक्त समयमा गोल गर्दै युभेन्टसलाई च्याम्पियन्स लिगबाट बाहिर पठाएको थियो। यसअघि युभेन्टसले निर्धारित ९० मिनेटमा फेडेरिको चेइसाको दुई गोलबाट २-१ को अग्रता लिदै समग्रमा खेल ३-३ को बराबरी भएको थियो। पोर्टोका सर्जियो ओलिभेरियाले खेलको १९औ मिनेटमा गोल गरेका थिए। पोर्टोका मेहदी टारेमिले खेलको ५४औ मिनेटमा रातो कार्ड पाएका थिए।
अतिरिक्त समयमा पोर्टोले ११५ मिनेटमा गोल फर्काएको थियो भने युभेन्टसका लागि ११७ मिनेटमा अड्रीएन राबिओटले गोल गरेका थिए। योसँगै युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको छ। योसँगै क्रिस्टियानो रोनाल्डोसँगै युभेन्टसको च्याम्पियन्स लिग जित्ने यस बर्षको सपना अधुरो रहेको छ। युभेन्टसले अन्तिम पटक सन १९९६ मा च्याम्पियन्स लिग जितेको थियो। एजेन्सी


























