काठमाडौं, फागुन २५ । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरु एमालेमै फर्किएपछि उनीहरूसँग पनि आवश्यक परामर्श गर्न भन्दै बिहान डाकिएको बैठक स्थगित गरिएको एमाले महासचिव ईश्वर पोखरेलको सचिवालयले जनाएको छ।
सर्वोच्च अदालतले फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी केन्द्र व्युँताइँदिएपछि पहिलो पटक नेकपाको बैठक बस्न लागेको थियो। आज स्थगित गरिएको बैठक कहिले भन्ने बारे तय गरिएको छैन।
Facebook Comments


























